बालमैत्री उपमहानगर घोषणाको अभियानमा रहेको हेटौंडा उपमहानगरपालिकाले उत्कृष्ट पाँच बाल समुहलाई सम्मान गरेको छ ।
नगरमा रहेका १९ बडाहरुमा गठन गरीएका ३७६ वटा बाल समुहमध्य बाट पछिल्लो समय बालमैत्री घोषणा अभियानलाई अघि बढाउनका लागि काम गरीरहेका पाँच बाल समुहलाई मंगलबार हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सम्मान गरेकी हुन् ।
महिला बालबालिका तथा समावेसीकरण महाशाखाले गरेको मुल्याङकनका आधारमा हेटौंडा २ को सिदार्थ, ४ को मित्रसमाज, ८ को धौलागिरी,१६ को लक्ष्मिनारायण र १८ को कमला श्रृजनशिल बाल समुहलाई नगद सहित सम्मान गरीएको हो । कार्यक्रममा हेटौंडा ८ को बाल सञ्जाललाई प्रोत्साहन स्वरुप नगद हस्तान्तरण गरिएको थियो ।
पुरस्कार हस्तान्तरण गर्दै नगर प्रमुख लामाले उपमहानगरको अभियानलाई अघि बढाउनका भुमिका खेल्ने सबैलाई धन्यवाल दिइन् । सुन्दर नगर निर्माणको अभियानमा बालमैत्री घोषणाले ठुलो भुमिका खेल्ने बताइन् ।