नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद समाधान गर्न केन्द्रीय सदस्य एवम् पर्यवेक्षक राजन केसी हेटौंडा आइपुगेका छन् ।
आइतबार सा“झ हेटौंडा आइपुगेका केसीले सोमबार दिउ“सो १ बजे बस्ने प्रदेश संसदीय दलको बैठकबाट हालको विवाद सुल्झाइने बताएका छन् । आफ्नै दलका सांसदबाट संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएस“गै बागमतीका मुख्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा अहिले अल्पमतमा परेका छन् ।
३७ सांसद रहेको यस प्रदेशका २१ जनाले प्रदेश सभापति इन्द्रबहादुर बानिया“लाई दलको नेता बनाउनेभन्दै लामा विरुद्ध हस्ताक्षर गरेपछि लामाको पद धरापमा परेको हो । केन्द्रीय प्रतिनिधि केसीका अनुसार दुई चरणमा गरेर संसदीय प्रक्रियामार्फत् हालको समस्या समाधान गर्ने नीति लिइने बताए । ‘पहिलो चरणमा अविश्वासको प्रस्ताबको पक्ष र विपक्षमा मत जाहेर गरिनेछ ।
उक्त प्रस्ताब पारित भएपछि मात्र दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।’, उनका अनुसार दोस्रो चरणमा दलको नेता दाबी गर्नेहरुबीच गोप्य मतदान गरी प्रक्रिया टुंग्याइने बताए ।
केसीका अनुसार दलका नेतामा निर्वाचित व्यक्तिले नै प्रदेश सरकारको नेतृत्व गर्नेछन् । ‘हाम्रो पार्टीमा यस किसिमको अभ्यास पहिल्यैबाट भइरहेको छ । यो नौलो विषय होइन । यसलाई कांग्रेसभित्रको कलहको रुपमा बुझ्नु हु“दैन । बहुमत साथीहरुको मागलाई सम्बोधन गरेको भनेर बुझन जरुरी छ ।’, उनले दलको नेता नै मुख्यमन्त्री बन्ने अभ्यास भइरहेका कारण जो दलको नेता बन्छ उसैले सरकारको नेतृत्व गर्ने प्रष्ट्याए ।
दलको बैठकबाट नेता चयन गर्नका लागि आवश्यक चुनावी प्रक्रियाको मिति तोकिने उनले बताए ।