२०८१ बैशाख १२, बुधबार    

प्रतिनिधिसभामा डीना, इन्द्र, माइकल र जयरामको नाम सिफारिस

२०७९ भाद्र १७, शुक्रबार १५:२६ बजे

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले जिल्लाका हेभिवेट नेताहरुको नाम प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनको उम्मेदवारको रुपमा कांग्रेस मकवानपुरका चर्चित नेताहरुलाई अगाडि बढाउने निर्णय क्षेत्रीय समितिको वैठकले गरेको हो । शुक्रबार विहान हेटौंडामा बसेको क्षेत्रीय वैठकले प्रतिनिधिसभातर्फ सम्भावित उम्मेदावरको रुपमा कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, वाग्मती प्रदेशसभा सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल माइकल र महासमिति सदस्य जयराम लामिछानेको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो ।

वैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ विष्णु लामिछाने, रघुरमण न्यौपाने, गोपीलाल विक, पवित्रा विक, सुवातसिं थिङ, गीता राई, सञ्जिता सिग्देल, सुदिप वर्तौला, राजकुमार जीएम र नारायण लम्सालाको नाम जिल्ला समितिलाई सिफारिस गरेको क्षेत्रीय सचिव कविन सांगामीले जानकारी दिए ।