२०८० चैत्र १६, शुक्रबार    

चुनावी वाचा पूरा गर्दै मेयर, फुटबललाई १ करोड बजेट

२०७९ असार १२, आईतबार १७:१३ बजे

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले चुनावी घोषणा पत्रमा उल्लेख भएका र विभिन्न स्थानमा गरेको प्रतिबद्धता पूरागर्नेतर्फ अग्रसरता देखाएकी छन् ।

उपमहानगरपालिकाले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा लामाले घोषणा गरेको प्रतिबद्धतासहित बजेट विनियोजन गरेको हो । लामाले फुटबलको विकासका लागि वार्षिक १ करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेकी थिइन् । सोही अनुरुप उपमहानगरले खेलक्षेत्रका लागि ३ करोड ७३ लाख रुपैयाँ विनियोजन गरेकी छन् ।

उपमेयर राजेश बानियाँका अनुसार हेटौंडा–५ स्थित क्याम्पा रंग्शाला निर्माणका लागि २५ लाख रुपैयाँ, नगरमा थप एक मिनि रंगशाला तथा फुटसल निर्माणका लागि ८० लाख रुपैयाँ, स्थानीय तह गोल्डकपका लागि २५ लाख र फुटबलको नियमित प्रशिक्षण र एकेडेमीका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।