२०८१ बैशाख १७, सोमबार    

ग्यास विक्रेता महासंघ बागमती प्रदेशमा मकवानपुरका तीनजना

२०७९ भाद्र २६, आईतबार ०९:५१ बजे

ग्यास विक्रेता महासंघ नेपाल बागमती प्रदेशमा मकवानपुरका तीनजना सर्वसम्मत चयन भएका छन् । शनिबार भएको महासंघको दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारणसभाबाट मकवानपुरका बिनोदमान श्रेष्ठ ग्याँस विक्रेता महासंघ बागमती प्रदेशको अध्यक्षमा चयन भएका छन् ।

यसैगरी महासचिव पदमा मकवानपुरका केशव मुडभरि र कोषाध्यक्षमा मकवानपुरकै मदनकुमार न्यौपाने सर्वसम्मत चयन भएका छन् । प्रदेशको वरिष्ठ उपाध्यक्ष पदमा रहेका श्रेष्ठ ग्याँस विक्रेता महासंघ बागमती प्रदेशको अध्यक्ष पदमा चयन भएका हुन् । उनी ग्याँस विक्रेता महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष समेत हुन् ।

‘दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारणसभाबाट १५ जना कार्य समिति रहेकोमा १० जना सर्वसम्मत चयन गरेका छौँ।’ अध्यक्ष पदमा चयन भएका श्रेष्ठले भने –‘ग्याँस विक्रेता महासंघ प्रदेशको पहिलो बैठकले ५ जनालाई मनोनित गर्ने छौँ।’ अध्यक्ष पदमा सर्वसम्मत चयन भएका श्रेष्ठले ग्याँस विक्रेता व्यवसायीहरुको हकहित र अधिकारको निम्ति आफू सदैव लागिरहने प्रतिबद्धता व्यक्त गरे ।