२०८० चैत्र १६, शुक्रबार    

सवारी दुर्घटना न्यूनीकरण गर्न ‘टाइम कार्ड’ लागू

२०७९ आश्विन १४, शुक्रबार १५:२३ बजे

सवारी दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गरिएको छ ।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा–११, थानाभर्‍याङको विशेष सक्रियतामा प्रदेशभरका ठूला राजमार्गमा यस्तो नियम लागू गरिएको हो । प्रहरीका अनुसार वीपी राजमार्ग सिन्धुली, मुग्लिन नारायणगढ खण्ड चितवन, भीमफेदी–कुलेखानी–फाखेल मकवानपुर, अरनीका राजमार्ग काभ्रे र पृथ्वी राजमार्ग धादिङमा टाइमकार्ड लागू गरिएको हो ।

चाडपर्व नजिकिएसंगै सडकमा सवारी साधनको अत्याधिक चाप बढ्ने, तीब्र गतिमा सवारी साधन चलाउने तथा सवारी नियमको उल्लंघन समेत बढ्ने भएका कारण सवारी दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड लागू गरिएको प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

सिन्धुली जिल्लाहुँदै जाने वीपी राजमार्गस्थित भिमानदेखि नेपालथोक दुम्जासम्ममा पहिलेदेखिनै टायमकार्ड लागू गरिएको थियो । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अन्य जिल्लामा पनि टाइम कार्ड लागू गरिने उनले जानकारी दिए ।