२०८० चैत्र १६, शुक्रबार    

कोभिडमा खाद्यान्न र अक्सिजन लिएर पुग्थे आनन्दराम

२०७९ कार्तिक २५, शुक्रबार १८:५९ बजे

आनन्दराम पराजुली कांग्रेस युवा नेताका साथै मनकारी समेत रहेका छन् । अप्ठेरो परिस्थिति होस या सहज स्थिति होस घुलमिल हुन कुनै हिच्किचाहट गर्दैनन् । उनले गरेका उदाहरणीय काम थुप्रै छन । उनको बिशेषताकै कारण हेटौंडा १८ की सानुकान्छी रुम्बाले नयाँ घर पाइन् भने हेटौंडा–१८ का आइते सिंह वाइवाले पनि नयाँ घर पाए । त्यसैगरी कोभिडको समयमा पराजुलीको सहयोगमा हेटौंडा–१५ का राते कामीले नयाँ जिवन पाए ।

कोभिडले विश्वनै आक्रान्त बन्दा नेपालमा पनि कोभिडको प्रभाव करिब ३ बर्ष रह्ययो । कोभिडका कारण नेपालमा पनि लकडाउन भयो । लकडाउनका समयमा आर्थिक कृयाकलापहरु ठप्प हुँदा न्युन आयका भएका व्यक्तिहरु मारमा परे । कोभिडका कारण मकवानपुरमा पनि धेरैले समस्या भोग्नुपर्यो । त्यस्तोबेला समस्यामा परहेकाहरुलाई सहयोग गर्न आनन्दराम पराजुली विभिन्न खाद्यान्न समाग्री लिएर पुगे ।

उनी कोभिडका समयमा आर्थिक र खाद्यन्न सयोगका लागी हेटौंडाको वडा नम्बर–१, ४, ५, ६, ७, ८, १३, १४, १६, १८ सहित मकवानपुरको बकैया, बागमती र भीमफेदी सम्म पुगे । त्यहाँ पुगेर उनले कोरोनाबाट बच्न अनुरोध गर्दै दाल चामल, नुन, तेल, चिउरा लगायतका खाद्यान्न सहयोग गरे । यसैगरी कोभिडको उच्च जोखिमका समयमा अक्सिजन नपाइएको थाहा पाएपछि अक्सिजन बोकेर पुग्थे आनन्दराम । उनले अक्सिजनको अभाव हुँदा अक्सिजन लिन वीरगन्ज, नवलपरासी सम्मा आफै पुगेर अक्सिजन ल्याए र कोरोनाका बिरामीलाई निशुल्क घरमै पुगेर अक्सिजन सिलिन्डर सहयोग गरे ।

उनको सहकार्यमा साथ दिएका थिए कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनीले, इटेनीसँगै हाल मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार तथा कांग्रेस बागमती सभापति र प्रतिनिधिसभा क्षेत्र नम्वर–१ का उम्मेदवार कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पनि उनको अभिनयमा ईट्टा थप्ने काम गरेका थिए । हेटौंडा–४ का रमेश अधिकारी कोभिडका समयमा निकै विरामी परे, उनको अक्सिजन लेबल ८० मा झर्यो, उनले अक्सिजनका लागी हार गुहार गरे, तर कतै अक्सिजन सिलिन्डर पाएन्न ।

कोभिडले उनको ५० प्रतिशत फोक्सोमा क्षती पुगिसकेको थियो । यसै क्रममा आनन्दराम पराजुलीको पहलमा उनलाई अक्सिजन सिलिन्डर उपलब्ध गराइयो । पराजुलीको सहयोगले उनी कोभिडलाई पराजित गर्न सफल भए । अधिकारीले आफ्नो प्रतिकूल रहेको स्वास्थ्य अवस्थामा आनन्दरामले गरेको सहयोगलाई कहिलै नभुल्ने टेलिफोन सम्पर्कमा सुनाए । अधिकारी आनन्दरामलाई आसन्न निर्वाचनमा विजयी बन्न सुभकामना समेत दिए ।

एकल महिलालाई घर बनाउन सहयोग गरेका र किड्नी फेल भएका विरामीलाई आर्थिक सहयोग गरी घर बनाइदिएका पराजुली आसन्न प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ (ख) का उम्मेदवार हुन् ।