२०८१ बैशाख २१, शुक्रबार    

मेयर लामाले वृद्धाश्रममा मनाइन जन्मदिन

२०७९ पौष २७, बुधबार १९:१३ बजे

हेटौंडा उपमहानगरकी मेयर मीनाकुमारी लामाले आफ्नो जन्मदिन वृद्धाश्रममा मनाएकी छन् ।

उनले हेटौंडा–२, चौकीटोलस्थित आश्रममा पुगेर त्यहाँ आश्रितलाई खाना खुवाएकी हुन् । उनले आश्रममा रहेका २५ जना बृद्धवृद्धासँग केक काटेर शुभकामना आदानप्रदान समेत गरेकी थिइन् ।

आश्रम अध्यक्ष सिद्दिलाल श्रेष्ठ, उपाध्यक्ष बेगम बराल, जिल्ला समन्वय समिति सदस्य तारा ढुङ्गाना ऊक्त कार्यत्रममा उपस्थित थिए ।