२०८१ बैशाख ७, शुक्रबार    

दृष्टिविहीनलाई ल्यापटप सहयोग

२०७९ फाल्गुन ८, सोमबार १८:५० बजे

उच्च शिक्षा अध्ययनमा रहेका हेटौंडा–८ का दृष्टिविहीन युवालाई हेटौंडा उपमहानगरपालिकाले ल्यापटप सहयोग गरेको छ ।

हेटौंडा ५ को बालज्योति माध्यमिक बिद्यालयमा रहेको दृष्टिविहीनहरुको बिद्यालयबाट एसइइ परिक्षा उर्तिण गरेका हेटौंडा–८ का कृष्ण बस्नेतलाई सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले ल्यापटप हस्तान्तरण गरेकी हुन् । उनको नियमित अध्यनमा सहयोग पु¥याउनका लागि उपमहानगरले डेलको आइ थ्रि लेपटप दिएको हो ।

चितवनको झुवानी क्याम्पसमा कक्षा–११ मा अध्ययनरत बस्नेतले ल्यापटप दिएकोमा उपमहानगरका प्रमुख लामालाई धन्यवाद दिए । अन्य पालिकहरुवाट पनि आफुसँग पढ्ने साथीहरुले इलोक्ट्रोनिक उपकरण पाएपछि आफुले पनि यहाँ ल्यापटप माग गरेको उनले बताए ।

नगर प्रमुख लामाले दृष्टिविहीन बस्नेतलाई आगामी शैक्षिक यात्राको शुभकामना दिइन् । उनले उपमहानगरले शैक्षिक सुधारसँगै गरिब र असहाय बिद्यार्थिहरुका लागि शैक्षिक सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिइन् ।