२०८१ बैशाख १५, शनिबार    

खानेपानी बोर्डले हेटौंडा–१४ को खानेपानीको व्यवस्थापन गर्ने

२०८० मंसिर १५, शुक्रबार १६:४४ बजे

हेटौंडा उपमहानगरपालिका–१४ मा बितरण हुँदै आएको खानेपानीको व्यवस्थापन हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गर्ने भएको छ । 

शुक्रबार उत्तरपानीमा टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट संचालित २ सय ८८ वटा धारा, डिप बोरि· तथा पानी टंकी सहितको खानेपानी योजना बोर्डमा हस्तान्तरण भएसँगै वडाको खानेपानीको व्यवस्थापन बोर्डले गर्ने भएको हो ।

खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भएसँगै २०८० मंसिर महिना देखि लागु हुने गरी संचालनमा रहेका २ सय ८८ वटा धाराहरुका उपभोक्ताहरुले हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको मासिक १० हजार लिटर बराबरको खानेपानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् ।

यसअघि १४ नम्बर वडामा रहेका मयूधाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति, चुरियामाई संयुक्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र बनेलधाप कालोपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भई सकेका छन् । बोर्डले पानी महशुल संकलनको लागि वडा न. १४ स्थित बनेलधापमा प्रत्येक महिनाको २२ गते देखि मसान्त सम्म महशुल संकलन काउन्टर संचालन गर्दै आइरहेको छ ।

खानेपानी उपभोक्ता समिति हस्तान्तरण कार्यक्रममा समिति अन्तर्गत विगत लामो समय देखि कार्यरत कर्मचारीहरु राम सिं. थि· र जय बहादुर थि·लाई उमेर हदको कारण अवकाश प्राप्त भएकोले कार्यक्रमका प्रमुख अतिथि एव उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, बिशिष्ट अतिथि उप प्रमुख राजेश बानिया, वडाध्यक्ष दिपक खडकाले दोसल्ला ओढाई, प्रमाण पत्र र नगद सहित सम्मान तथा बिदाई गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख लामाले उपमहानगरपालिकामा खानेपानीलाई व्यवस्थित गर्न र नगरवासीलाई सुविधा उपलब्ध गराउन उपमहानगरपालिकाले १० हजार लिटर पानीको महशुल निशुल्क गरेको वताईन ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश वानियाले निर्वाचनका वेलामा नगरवासी समक्ष गरेका प्रतिवद्धताहरु एकपछि अर्को गर्दै पुरा गरिरहेको वताए । वडाका अध्यक्ष दिपक खड्काले खानेपानीको जिम्मा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई दिएपछि वडामा पानीको समस्या नभएको वताए ।

टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर सिन्तानको अध्यक्षता भएको कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, बोर्डका कार्यकारी निर्देसक बिष्णुप्रसाद सापकोटा, भविष्य मध्यवती वन उपभोक्ता समितिका अध्यक्ष तीर्थ मोक्तान, १४ नं. वडाका वडा सदस्य लगायत विभिन्न टोल विकास संस्थाका प्रतिनिहरुको आतिथ्यता रहेको थियो ।

हेटौडा खानेपानी व्यवस्थापन वोर्डमा खानेपानी उपभोक्ता समितीहरु हस्तान्तरण हुने क्रममा वढदो क्रममा रहेको छ । हाल बोर्ड अन्तर्गत वडा नं. १४ मा १ हजार ६९८ वटा धाराहरु संचालनमा रहेको छ । बोर्डको सेवा क्षेत्र भित्र २६ हजार ५ सय धारा रहेको र बोर्डले प्रति दिन २ करोड ५५ लाख लिटर खानेपानी उत्पादन गरी वितरण गर्दै आइरहेको खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले बताए ।