२०८१ बैशाख १६, आईतबार    

देशभर १०० मतदान केन्द्र अपांगमैत्री

२०७९ कार्तिक १७, बिहीबार १३:०० बजे

निर्वाचन आयोगले देशभरका एक सय वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाउने निर्णय गरेको छ । आयोगले ती मतदान केन्द्रमा सांकेतिक भाषा सूची राखेर मतदान केन्द्रमा खटिने कर्मचारीलाई सांकेतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरणसमेत दिने जनाएको छ ।

 

त्यस्तै, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल सामग्री, रंगीचंगी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपांगता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्था गर्ने समेत जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अपांगता भएका व्यक्तिहरुको सुविधालाई ध्यानमा राखेर देशभर एक सय वटा मतदान केन्द्रलाई अपांगमैत्री बनाउने निर्णय भएको जानकारी दिए ।

 
 

अपांगता भएका व्यक्तिको अधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुलाई आयोगलाई मतदान केन्द्रहरुलाई अपांगमैत्री बनाउन माग गरेका थिए । आयोगले यसपटक देशभर १० हजार ८९२ स्थानमा २२ हजार २२७ वटा मतदान केन्द्र तोकेको छ ।