२०८० चैत्र १६, शुक्रबार    

अवैध लागूऔषध गाँजासहित दुईजना पक्राउ

२०७९ पौष २८, बिहीबार १९:०५ बजे

मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ बस्ने ६० बर्षका डिलबहादुर चेपाङ र सोही स्थानका १९ बर्षीय प्रकाश चेपाङ पक्राउ परेको प्रहरीले जनाएको छ । हेटौंडा ११ थानाभ¥याङमा मनहरीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ९५३ नम्बरको साझा बस चेकिङको क्रममा उनीहरु गाँजासहित पक्राउ परेका हुन् ।

बसमा रहेका उनीहरुले लुकाइ ल्याएको अवस्थामा ७ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।