२०८१ बैशाख १५, शनिबार    

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

२०७९ माघ १०, मंगलबार १५:२० बजे

बाजुरामा केन्द्रबिन्दु बनाएर ५. ९  म्याग्निच्युडको भूकम्प गएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।

भूकम्पका कारण क्षतिको विवरण भने यकिन भइसकेको छैन । भूकम्पको धक्का छिमेकी भारतका कतिपय स्थानमा पनि भएको बताइएको छ ।