हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ७ महिना बितिसक्दा जम्मा २४ प्रतिशत योजना सम्झौता गरेको छ । उपमहानगरपालिकाको एक हजार दुईसय ३७ वटा योजनामध्ये २४ दशमलव १७ प्रतिशत अर्थात दुइसय ९९ वटा मात्रै योजना सम्झौता गरेको हो ।
अझै ९३८ वटा योजनाहरु सम्झौता हुन बााकी रहेको उपमहानगरपालिकाको योजना महाशाखाले जनाएको छ । १० लाख भन्दा कमका योजनाहरु सम्बन्धित वडा कार्यालयले नै सम्झौता गर्ने हुादा यकिन तथ्याङ्कमा समस्या भएको योजना शाखाका किरण थापाले बताए । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २०६ वटा योजना सम्झौता गरेको उपमहानगरपालिकाले पछिल्लो ४ महिनामा जम्मा ९३ वटा मात्रै योजना सम्झौता गरेको हो ।
उपमहानगरपालिकाको ठेक्कामार्फत ९ वटा योजना भएकोमा ६ वटा योजनाको सम्झौता भएर निर्माण कार्य समेत भइरहेको छ । २ वटा योजना बोलपत्र मुल्याङ्कनको चरणमा रहेको छ भने एउटा योजनामा कुनैपनि ठेक्का नपरेको शहरी पूर्वाधार महाशाखा प्रमुख सत्यनारायण शाहले जानकारी दिए । ९ वटा योजनामध्ये ७ वटा आन्तरिक स्रोतबाट र २ वटा योजना बागमती प्रदेश सरकारसंग समपुरक लगानीमा योजना रहेको उनले बताए । हेटौंडा–४ हुप्रचौरमा १० लाख बराबरको झण्डा निर्माण कार्यमा कुनैपनि ठेक्का नपरेको हो । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १२ प्रतिशत बजेट खर्च गरेको छ ।
उपमहानगरपालिकाको कुल बजेट २ अर्ब ६ करोड ५५ लाख २३ हजार रुपैयाा रहेकोमा १२ दशमलव ८१ प्रतिशत अर्थात ३६ करोड ७२ लाख ५ हजार १०९ रुपैयाा खर्च भएको उपमहानगरपालिकाको सूचना अधिकारी भानुभक्त थपलियाले जानकारी दिए । चालु पूाजी अन्तर्गत १ अर्ब २६ करोड ७१ लाख ० हजार १३९ रुपैयाा रहेकोमा १५ करोड ७० लाख ७६ हजार ३८ रुपैयाा खर्च भएको छ । त्यसैगरी पूाजीगत तर्फ १ अर्ब ५९ करोड २३ लाख ४२ हजार ६१ रुपैयाा रहेको थियो । जसमध्ये चालु आर्थिक वर्षको ६ महिनामा २० करोड ७ लाख ३६ हजार ६२९ रुपैयाा खर्च भएको थपलियाले बताए ।