२०८१ बैशाख १६, आईतबार    

जंगली च्याउ खाँदा तीनजना विरामी

२०८० श्रावण २१, आईतबार १५:२३ बजे

मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिामा जंगली च्याउ खाँदा तीनजना विरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार उनीहरु विरामी भएका हुन् ।


थाहा नगरपालिका–३, शिखरपुरमा जंगली च्याउ खाँदा ६४ वर्षीय बिदुर बिष्ट, ३३ वर्षीय जितेन्द्र बिष्ट र २६ वर्षीया रचना बिष्ट विरामी भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

तीनैजनाको अवस्था सामान्य रहेको र उपचारका लागि ललितपुरस्थित पाटन अस्पताल पठाइएको छ ।