२०८१ बैशाख १७, सोमबार    

हेटौंडा–१६ पानीस्वारामा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

२०८० मंसिर १७, आईतबार २०:५० बजे

हेटौंडा–१६ स्थित पानीस्वारामा ट्याक्टर दुर्घटनाहुँदा दुईजनाको मृत्यु भएको छ ।

आइतबार ट्याक्टर व्याक गर्ने क्रममा अनियन्त्रित भएर ट्याक्टर भिरबाट खस्दा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा ट्याक्टर चालक बारा जिल्ला निजगढ–१३ का २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा सवार सोही स्थानका ५६ वर्षीय जीतबहादुर थिङ रहेका छन् ।

उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।