२०८० चैत्र १६, शुक्रबार    

ट्याक्सीमाथि पल्टियो बस

२०७९ श्रावण ११, बुधबार ११:४४ बजे

ललितपुरको ग्वार्कोमा बस पल्टिएर ट्याक्सीलाई किच्दा एघार जना घाइते भएका छन् ।  ग्वार्कोस्थित बी एण्ड बी अस्पतालअगाडि बुधवार बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको प्रहरीले जनाएको छ ।

 
 

त्यसक्रममा बसले मोटरसाइकललाई पनि ठक्कर दिएको ललितपुर ट्राफिक प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनाको समयमा बसमा ८ जना, ट्याक्सीमा २ जना र मोटरसाइकलमा एक जना सवार थिए ।