२०८० चैत्र १५, बिहीबार    

लागूऔषधसहित दुईजना पक्राउ

२०७९ श्रावण २४, मंगलबार ०८:४२ बजे

अस्थायी प्रहरी पोष्ट थानाभर्याङ्गबाट खटिएको प्रहरी टोलीले ४८ एम्पुल लागुऔषध गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार राती १० बजेको समयमा हेटौंडा १२ बस्ने २७ वर्षीय रमेश विश्वकर्मा र सोही स्थानका २७ वर्षीय सजन विश्वकर्मालाई पक्राउ गरेको हो ।

हेटौंडा १२ स्थित नयाँ पुलको भित्री बाटोमा शंकास्पद अवस्थामा रमेश र सजललाई फेला पारी सुरक्षा जाँच गर्दा सजनको साथबाट लागुऔषध डाईजेपाम १६ एम्पुल र फेनरागन १६ एम्पुल, नुफिन १६ एम्पुल गरी जम्मा ४८ एम्पुल फेला पारेको थियो । प्रहरीले दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।