२०८१ बैशाख १८, मंगलबार    

हेटौंडालाई बालमैत्री पालिका घोषणाको तयारी तीब्र

२०८० मंसिर १५, शुक्रबार १६:४० बजे

चालु आर्थिक बर्षमा हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणाको तयारीलाई तिब्र पारीएको छ । वडा तहमा सहजकर्ता खटाएर बालमैत्री वडासँगै सिंगो पालिकालाई व्यवस्थित ढंगबाट बालमैत्री उपमहानगर घोषणा तयारीलाई तिब्रता दिइएको हो ।

उपमहानगरले नियुक्त गरेको वडा सहजकर्ता मार्फत भएको कामको अनुगमन र नियमनको पाटोलाई अघि बढाउँदै अहिले वडातहको अनुगमन थालिएको हेटौंडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

नगर उपप्रमुख राजेश बानियाको नेतृत्वमा वडाहरुमा भएका काम, निर्माण भएको बाल सञ्जालसँगको छलफल, बिद्यालयहरुको अनुगमन गर्ने काम भैरहेको उपमहानगरको महिला तथा बालवालिका महाशाखा प्रमुख बिष्णुकुमरी लामिछानेले बताइन् । उनका अनुसार तयारी अनुसार उपमहानगरको आयोजनामा बालमैत्री स्थानीय शासनका सुचक मापनयोग्य सरलीकरण कार्यशाला गरिएको छ ।

कार्यशालामा नगर प्रमुख मीनाकुमारी लामाले बिकासको पहिलो सुचक मानव चेतना भएको बताइकी थिइन् । उनले भौतिक बिकास भन्दा पनि मानव बिकासमा ध्यान दिँदै अघि बढ्न जरुरी रहेको भन्दै उपमहानगरले थालको बालमैत्री अभियानलाई सार्थकता दिन सबैको सहयोग आवश्यक रहेको बताइन् ।चालु आर्थिक बर्षको मंसिरमा बालमैत्री पालिका घोषणा गर्ने लक्ष्य सहित काम भैरहेपनि पुर्ण रुपमा तयारी नभएकाले अहिले वडाहतबाट घोषणाको क्रमलाई अघि बढाउने नगर प्रमुख लामाले बताइन् ।

कार्यशालामा नगर उपप्रमुख राजेश बानियाँ, बिभिन्न वडाका अध्यक्षहरु, नगरका बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारी, वडा कार्यालयका सचिबहरु र उपमहानगरका बिभिन्न महाशाखाका प्रमुखहरुको सहभागिता थियो । बालमैत्री पालिका घोषणाको तयारी अनुसार ७, ८ र ९ नम्बर वडाको अनुगमन थालिएको छ ।

अनुगमनमा वडाका जनप्रतिनिधी, महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, सम्पर्क व्यक्ती शान्ति बिश्वर्मा, बालमैत्री स्थानिय शासनका श्रोत व्यक्ती बिष्णुप्रसाल चौवे सहित नगर र वडाका सहजकर्ता सहभागि छन् । वडा तहबाट कार्यक्रम कार्यान्वयनका लागि सुचक अवस्था मापन तथा बालवालिकाका लागि आवधिक लगानी योजना निर्माणबारे छलफल गर्दै बालमैत्री स्थानिय शासनलाई कार्यान्वयनको चरणमा लैजान लागिएको बताइएको छ । अनुगमनसँगै छलफलको काम हेटौंडा ८ बाट सुरु गरिएको उपमहानगरपालिका महिला तथा वालबालिका महाशाखाले जनाएको छ ।