२०८१ बैशाख १५, शनिबार    

वाग्मती प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित

२०८० फाल्गुन १५, मंगलबार १८:५७ बजे

वाग्मती प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार १ सय ४१ दिनपश्चात् बसेको प्रदेशसभा बैठक पूर्वसांसद बलाराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट वाग्मती प्रदेशसभा सदस्य बनेका पौडेलको ६७ वर्षको उमेरमा माघ १७ गते बुधबार सवारी दुर्घटनामा परी निधन भएको थियो ।

प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११:३० बजेट बस्नेछ ।

प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो दिनमा सदनमा प्रतिनिधित्व गर्ने दलको तर्फबाट नेताहरुले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।