२०८१ भाद्र ३०, आईतबार    

धुलिखेलद्वारा मकवानपुरलाई मेडिकलजन्य वस्तु सहयोग

२०७८ माघ १३, बिहीबार १४:४८ बजे

हेटौंडा/ रोटरी क्लब अफ धुलिखेलले रोटरी क्लब अफ मकवानपुरलाई कोभिड–१९ न्यूनीकरणमा प्रयोग हुने मेडिकलजन्य वस्तु सहयोग गरेको छ ।

विहीबार हेटौंडामा धुलिखेलका आगामी अध्यक्ष जीवनकाजी मकाजुले मकवानपुरका आगामी अध्यक्ष कृष्णबहादुर कार्कीलाई मेडिकलजन्य वस्तु हस्तान्तरण गरेका थिए । धुलिखेलले मकवानपुरको विकट क्षेत्रमा वितरण गर्न मास्क, सेनिटाइजर, थर्मल गन, फेससिल्ड, सर्जिकल क्याप, पञ्जालगायत सामग्री सहयोग गरेको थियो । यस सामाग्री विकट वस्ती छनौट गरेर

हस्तान्तरण गरिने रोटरी क्लबका पूर्वअध्यक्ष कविन सांगामीले जानकारी दिए ।
कार्यक्रममा धुलिखेलका पूर्वअध्यक्ष राजिव श्रेष्ठ तथा रोट्र्याक क्लब मकवानपुर अध्यक्ष प्रतीक्षा न्यौपानेको उपस्थिति रहेको थियो ।