२०८१ बैशाख ७, शुक्रबार    

भोली सार्वजनिक विदा

२०७९ पौष २५, सोमबार २३:११ बजे

कारले पुस २७ गते पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद्‍को सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

पुस २७ मा पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदाको माग गर्दै राप्रपाले सरकारलाई विश्वासको मत दिने सर्त राखेको थियो । राप्रपाको उक्त प्रस्तावमा अन्य दलहरू पनि सहमत भएका हुन् ।

यसवाहेक सोमबारको मन्त्रिपरिषद्‍ बैठकले साझा न्यूनतम कार्यक्रमलाई अनुमोदन गरेको छ । एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वीजयन्तीका दिन पुस २७ मा सार्वजनिक बिदा दिने प्रस्ताव थियो। तर सोमबार सार्वजनिक साझा न्यूनतम कार्यक्रमको प्रतिवेदनमा उक्त विषय समेटिएको छैन ।