२०८१ बैशाख ८, शनिबार    

ट्रकको ठक्करबाट बसका यात्रुको हात चुँडियो, उपचारका क्रममा मृत्यु

२०८० जेठ १३, शनिबार १९:२२ बजे
मकवानपुरको मनहरी गाउँपालिकामा ट्रकको ठक्करबाट बसमा सवार यात्रुको दायाँ हात चुडिँदा मृत्यु भएको छ।
 
मनहरी– ९ रजैयास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार दिउँसो हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा सवार नाम र ठेगाना नखुलेका यात्रुलाई ठक्कर दिँदा उनको दायाँ हात चुँडिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
 
बसको ड्राइभरको सिटभन्दा पछाडि बसी झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनी ट्रकले ती व्यक्तिको दाहिने हातको पाताभन्दा मुनिको भाग लाछेको र निधारमा समेत चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
 
घटनाको बारेमा थाहा पाउनासाथ इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरीक्षक भीमप्रसाद दुलालको टोलीले घाइते यात्रुको उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पाठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
 
दुर्घटना गराउने ट्रक र ट्रकका चालक नियन्त्रणमा रहेको प्रवक्ता कार्कीले जानकारी दिए ।