२०८१ बैशाख २१, शुक्रबार    

माण्डु हाइड्रोपावरको ड्याममा किशोरीको शव

२०८० श्रावण २१, आईतबार १५:०० बजे

मकवानपुरको वाग्मती खोलास्थित माण्डु हाइड्रोपावरको ड्याममा एक किशोरीको शव भेटिएको छ ।

भीमफेदी गाउँपालिका–८ माण्डुस्थित वाग्मती खोलामा माण्डु हाइड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्ट्याउने बाँधमा आइतबार किशोरीको शव फेला परेको हो ।

पहिचान नखुलेको गोलो अनुहार भएकी अन्दाजी १७ वर्षीया किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्की घटनास्थलमा पुगेर पोष्टमार्टमको लागि किशोरीको शव हेटौँडा ल्याएको जानकारी दिएकी छन् । प्रहरी निरीक्षक कार्कीले घटनाको छानबिन भइरहेको जानकारी दिएकी छन् ।