२०८१ जेठ ३, बिहीबार    

व्यवसायी घिमिरेद्वारा आश्रमलाई गिजर सहयोग

२०७८ माघ २, आईतबार १०:०६ बजे

हेटौंडा/ युवा व्यवसायी रविन्द्र घिमिरेले ओम वृद्धाश्रम हेटौंडालाई विद्युतीय चुलो र पानी तताउने गिजर सहयोगस्वरुप उपलब्ध गराएका छन् ।

हेटौंडा–२ स्थित चौकीटोलमा रहेको आश्रमलाई घिमिरेले आफ्नो पिता विश्वनाथ उपाध्याय घिमिरेको स्मृतिमा करिब २८ हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएका हुन् । हेटौंडा–५ का वडाअध्यक्ष राजेश बानियाँ तथा समाजसेवी शम्भु नकर्मीको उपस्थितिमा ओम वृद्धाश्रमका अध्यक्ष सिद्धीलाल श्रेष्ठलाई सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।

‘वृद्धाश्रमका लागि अहिले विद्युतीय चुलो र ग्यास गिजर आवश्यक रहेछ । सोही अनुसार समन्वय गरेर सहयोग गरिएको हो ।’, युवा व्यवसायी घिमिरेले आगामी दिनमा पनि सहयोग जारी राखिने बताए ।