२०८१ बैशाख ७, शुक्रबार    

हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह

२०७९ आश्विन १४, शुक्रबार १७:२९ बजे

जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता भएको हातहतियार बुझाउन सूचना जारी गरेको छ ।

मंसिर ४ गतेका लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा चुनावको सुरक्षा अवस्थालाई मध्यनजर गर्दैै गृहमन्त्रालयको निर्देशन अनुसार हातहतियार बुझाउन मकवानपुर प्रशासनले आग्रह गरेको हो ।

कार्यालयका प्रमुख प्रशासकीय अधिृकत गुणराज प्रसाद न्यौपानेले जारी गरेको सूचनामा कात्तिक ५ गतेभित्र नजिकैको प्रहरी इकाईंमा लगत राख्ने गरी हातहतियार बुझाउन आग्रह गरिएको छ ।

‘निर्वाचन सम्पन्न भएको एक हप्तापश्चात् लगतकट्टा गरी फिर्ता हुनेगरी हातहतियार बुझाउन हामीले आग्रह गरेका छौं ।’, प्रमुख प्रशासकीय अधिृकत न्यौपानेले स्थानीय तहको निर्वाचनमा पनि सोही व्यहोराको सूचना जारी गरेको स्मरण गरे ।