२०८१ बैशाख ४, मंगलबार    

मत हाल्न सिकाउँदै एमाले

२०७९ बैशाख २३, शुक्रबार १७:४४ बजे
हेटौंडा उपमहानगरपालिका वडा नम्वर –१४ का टोल टोलमा मतदाताहरुलाई मतदान शिक्षा प्रदान शुरु गरेका छन् । बदर मत कम गर्नका लागि १४ नम्वर वडा एमालका नेता कार्यकर्ताहरु प्रशिक्षक बनेर टोल टोलका मतदाताहरुलाई कसरी मतदान गर्ने भन्ने शिक्षा दिदै आएका हुन् । 
१४ नम्वर वडाका एमाले तर्फका वडाअध्यक्ष उम्मेद्वार दिपक खड्काले कार्यकर्ताहरुलाई मतदान शिक्षा दिन खटाइसकेको जानकारी दिए । ‘सबैले मत हाल्न जानेका हुन्छन् भन्ने हुदैन,’ ‘वडा अध्यक्षका उम्मेद्वार खड्काले भने ‘निर्वाचनमा मत माग्नुका साथै मतदाताहरुलाई मताधिकार सहि रुपमा प्रयोग गर्न सिकाउनु पनि हाम्रो दायित्व हो ।
’ बिहिवार घरदैलो कार्यक्रम सकाएका एमालेले शुक्रवारदेखि मतदाता शिक्षालाई प्राथमिकता दिने अभियानमा छन् ।