२०८० चैत्र १५, बिहीबार    

प्रदेशसभामा कांग्रेसका छिरिङदोर्जेले खोले खाता

२०७९ मंसिर ६, मंगलबार ०९:४६ बजे

वाग्मती प्रदेशसभा सदस्यमा काठमाडौं क्षेत्र नम्बर–३ को ‘१’ बाट नेपाली कांग्रेसका उम्मेदवार छिरिङदोर्जे लामा निर्वाचित भएका छन् ।

उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी राप्रपाका चुण्डी लामालाई २ हजार २९१ मतको फरकमा पराजित गर्दै विजयी भएका हुन् । लामाले ४ हजार ५५८ सय मत प्राप्त गरेका थिए । पराजित राप्रपाका लामाले २ हजार २७६ मत प्राप्त गरेका छन् ।

छिरिङ दोर्जे अघिल्लो पटक पनि यसै निर्वाचन क्षेत्रबाट बामगठबन्धनको उम्मेदवारलाई पराजित गर्दै विजयी भएका थिए । वाग्मती प्रदेशसभामा लामा कांग्रेसबाट सचेतकको जिम्मेवारीमा थिए ।

कांग्रेस वाग्मती प्रदेशसभामा करिब ४२ महिना प्रतिपक्षीको भूमिकामा रहँदा सदन सञ्चालन, प्रदेशको नामाकारण र स्थान तोक्ने विषय तथा बजेट निर्माण प्रक्रियामा उनले खेलेको ‘रचनात्मक भूमिका’को प्रदेशसभामा प्रशंसा हुने गरेको थियो ।