२०८१ बैशाख १२, बुधबार    

सवारी चालकको मापसे र लापसे परीक्षण

२०७९ आश्विन १३, बिहीबार १७:३२ बजे

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सवारी दुर्घटना न्यूनीकरण गर्न अभियान सञ्चालन गरेको छ ।

प्रहरीले यात्रुबाहक सवारी चालकको फिल्डमै मादक पदार्थ र लागू पदार्थ सेवनको परीक्षण सुरु गरेर अभियान सञ्चालन गरेको हो । चाडपर्वको समयमा धेरै सवारी दुर्घटना भइरहेको सन्दर्भमा प्रहरीले यात्रु र चालकलाई सचेत गर्न विहीबारबाट अभियान सुरु गरेको हो ।

हेटौंडा–१, चौकीटोलस्थित तिरतिरे धारा नजिकै अभियानको सुरुवात गर्दै मकवानपुर प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमले सुरक्षित यात्राका लागि सवै सचेत हुन जरुरी रहेको औंल्याए । उनले नियमितरुपमा विभिन्न स्थानमा मापसे र लापसे परीक्षण गरिने बताए । उनले लापसे परीक्षण किट थोरैहुँदा समस्या भएको बताए