२०८१ बैशाख २७, बिहीबार    

कांग्रेस संसदीय दलको नेतामा लामा निर्वाचित

२०७९ पौष १३, बुधबार १६:४६ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् ।

प्रदेश सभाको ठूलो दल कांग्रेसले बुधबार आन्तरिक निर्वाचन नै गरेर दलको नेता छनोट गरेको हो । लामाले २१ मत प्राप्त गरेका थिए । पराजित इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरे ।

३७ सांसद रहेको कांग्रेसको दलको नेता छान्न बुधबार हेटौंडामा निर्वाचन भएको थियो  । लामा नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित सांसद हुन् । दुवै नेता कांग्रेस संस्थापन समूहका हुन् ।

बानियाँ कांग्रेस वाग्मती प्रदेश सभापति, लामा पार्टी केन्द्रीय सदस्य हुन् ।