२०८१ बैशाख ६, बिहीबार    

इन्द्र बानियाँद्वारा मतदान

२०७९ बैशाख ३०, शुक्रबार ०८:०३ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मतदान गरेका छन् ।

उनले हेटौंडा–१८ स्थित दोभान चौरमा रहेको कमला आधारभूत विद्यालयमा पुगेर मतदान गरेका हुन् । पूर्वगृह राज्यमन्त्री समेत रहेका बानियाँले विहान ८ बजे मतदान गरेका हुन् । उनले सम्पूर्ण मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन अनुरोध गरेका छन् ।