२०८१ बैशाख २३, आईतबार    

शर्मीला श्रेष्ठको अध्यक्षतामा मानव अधिकार संगठन

२०७८ चैत्र ५, शनिबार १७:२२ बजे

नेपाल मानव अधिकार संगठन, मकवानपुर अध्यक्षमा शर्मीला श्रेष्ठ चयन भएकी छन् । 

शनिबार हेटौंडामा भएको छैठौं वार्षिक साधरणसभा तथा तेस्रो जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । संगठन उपाध्यक्षमा राजबाबु पहाडी, सचिवमा सुवासचन्द्र अधिकारी, सहसचिवमा मञ्जु खराल, कोषाध्यक्षमा सुमित्रा थिङ चयन भएकी हुन् । सदस्यहरुमा अपेक्षा बस्नेत, श्रद्धा ढुङ्गाना, राजेश गरिव, विमला नेपाली, इन्दिरा लुईंटेल र तेजकुमारी थापा चयन भएका छन् । संगठनको सल्लाहकारमा कृष्णप्रसाद दाहाल, बासुदेव श्रेष्ठ, विजय बैद्य र विजेन्द्र अग्रवाल चयन गरिएको छ ।

अप्सरा बस्नेतको सभाध्यक्षतामा सम्पन्न अधिवेशन कार्यक्रममा वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, संस्थापक अध्यक्ष कृष्णप्रसाद दाहालको विशिष्ठ आतिथ्यता रहेको थियो ।