२०८१ बैशाख १४, शुक्रबार    

सत्ता गठबन्धनमा समझदारी, एमसीसी आजै अनुमोदन

२०७८ फाल्गुन १५, आईतबार १२:१८ बजे

सत्ता गठबन्धनमा समझदारी बनिसकेकाले आइतबारै प्रतिनिधिसभा बैठकबाट एमसीसी सम्झौता अनुमोदन गरिने भएको छ । आइतबार बिहान बसेको गठबन्धन बैठकले सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नमा सरकारले जवाफ दिएपछि दोस्रो बैठक राखेर पारित गर्ने तयारी छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुमोदनको निर्णय भएकाले आइतबार नै अनुमोदन हुने बताए ।

एमसीसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्बाटै पारित गरेर प्रतिनिधिसभामा पेस गर्ने तयारी छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्नेछ । बालुवाटार बैठकमा माओवादी केन्द्र र नेकपा एसले मन्त्रिपरिषद् बैठकबाट व्याख्यात्मक टिप्पणी पारित गर्नुपर्ने माग गरेका थिए ।