२०८१ जेठ ८, मंगलबार    

अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ

२०७८ माघ १७, सोमबार १६:१७ बजे

काठमाडौँ — कोरोना महामारापछि सेमिनार, बैठक र वार्ताहरू भर्चुअल रूपमा हुने गरेका छन् । महामारी न्यूनीकरणका लागि सरकारले पनि सकेसम्म भर्चुअल रूपमा काम गर्न आग्रह गरेको छ । तर पछिल्लो समय अनलाइन माध्यमबाट जुवा खेल्नेहरू पनि बढेका छन् । पछिल्लो समय रेस्टुरेन्टहरूले अनलाइनमार्फत जुवा खेलाउने गरेको पाइएको छ ।

आइतबार बौद्धमा रहेको एउटा रेस्टुरेन्टमा अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटिएको टोलीले दोलखाका सुभाष घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार महामारीको संक्रमणलाई बेवास्ता गर्दै ठूलो संख्यामा मानिसहरू भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका थिए । पक्राउ पर्नेमा ६ जना महिला र ६६ पुरुष थिए । उनीहरूको साथबाट ६ लाख १९ हजार २ सय ५० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरी उपरीक्षक मैनालीले बताए ।

घटनाका सम्बन्धमा महानगरीय प्रहरी वृत्त बौद्दबाट मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को परिच्छेद ५ अन्तर्गत ँजुवा खेल्न वा सट्टाबाजी गर्न नहुने” कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।