२०८१ बैशाख १३, बिहीबार    

गाँजासहित तीन युवा पक्राउ

२०७८ फाल्गुन २९, आईतबार १९:०९ बजे

अवैध लागूऔषधको ठूलो परिमाणसहित प्रहरीले आइतबार तीन जनालाई पक्राउ गरेको छ । राक्सिराङ चैनपुरबाट हेटौंडातर्फ आइरहेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई मनहरी—७ पुल नजिकै रोकेर खोजतलास गर्दा एक सय ८० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

 प्रहरीले गाँजा, पिकअपका चालक मकवानपुर हेटौडा उपमहानगरपालिका—१६ बस्ने वर्ष २९ को बुद्धिमान बाइबा, पिकअप गाडीमा सवार वर्ष २९ को अर्जुन स्याङ्तान र वर्ष ३० को विनोद पाख्रिनसहित गाडीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रामकुमार सापकोटाले बताए । १०/१० किलो गाँजा १८ वटा प्लास्टिकमा पोको पारेर पिकअपमा ल्याएका थिए ।

 इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा खटिएको प्रहरी टोली आइतबार बिहानै सवारी साधनहरुको जाँच गर्न मनहरी—चैनपुर सडक खण्डमा बसेका थिए । पिकअपमा रातारात गाँजा लोड गरेर मनहरी बजार हुँदै हैटौंडातर्फ लैजान लागेका थिए ।