२०८१ बैशाख १३, बिहीबार    

वडा वडामा मानव वेचविखनविरुद्ध अभियान चलाइन्छ : बानियाँ

२०७९ भाद्र २०, सोमबार १७:०० बजे

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले वडा तहबाटै मानव वेचविखनविरुद्धको अभियान सञ्चालन गरिने बताएका छन् ।

हेटौंडामा भएको मानव वेचविखनविरुद्धको १६ औं राष्ट्रिय दिवसको सन्दर्भ पारेर बानियाँले यस्तो बताएका हुन् । उनले विभिन्न बहानामा यौन तथा श्रम शोषण हुने गरेको र रोजगारीको बहानामा विदेश पुर्‍याएर समेत मानव वेचविखन भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

‘आन्तरिक, सीमा र समुन्द्र पारी पुर्‍याएर अहिले मानव वेचविखन भइरहेको छ । यसलाई रोक्नु हाम्रो कर्तव्य हो । हामी वडा तहबाटै अब अभियान सञ्चालन गर्नेछौं ।’, उपमेयर बानियाँको संयोजकत्वमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं, प्रमुख महिला विकास अधिकारी विष्णुकुमारी लामिछानेलगायतको उपस्थिति थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्की तथा विभिन्न सरोकारवाला पक्षको उपस्थिति रहेको थियो ।