२०८१ बैशाख ७, शुक्रबार    

घलानद्वारा गाउँपालिका अध्यक्षमा दावेदारी प्रस्तुत

२०७८ चैत्र २४, बिहीबार १६:३८ बजे

वैशाख ३० गते हुनेस्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा(एमाले) की युवा नेता रमिला घलानले उमेद्वारी दिने घोषणा गरेकी छन् ।

मकवानपुरगढी देशको इतिहास अनि भविष्यको प्रचुर सम्भाव्यताको खानी रहेको तथा त्यस्ता सम्भाब्यताको खोजी युवापुस्ताबाट मात्रै सम्भव रहेको र आफूसँग सम्भावनालाई साकार बनाउन थुप्रै योजनाहरु रहेकाले आफूले अध्यक्षको दावी गरेको घलानले बताइन् ।

‘गढीका रानीसेरा, देखि मनकामना, सिमलटारदेखि बुढीचौसम्म फैलिएका विभिन्न जातजातीका बस्तीहरु हाम्रा सुन्दर गहना हुन अनि हाम्रा मिलिजुली बसेका विभिन्न जातजातीहरु साझा संस्कृति र सभ्यताका पहिचान हुन । ती बस्तीहरुलाई साच्चैनै एउटै बलियो धागोले उनेर सुन्दर माला बनाउनु छ । त्यो माला बनाउन आदरणीय बिदुर हुँमागाई ज्यूको नेतृत्वले धेरै सुन्दर कामहरु गरेको छ । तर कतिपय कामहरु अधुराछन् । मैले तिनै अधुरा कामहरु पुरा गर्न अनि गढीको इतिहासको संरक्षण गर्दै यहाँका गरिब, दलित, महिला, जनजाती तथा अल्प संख्यकको दुख सुखमा साथ दिन एवं गढीलाई सुन्दर पर्यटकीय पहाडी शहरकोरुपमा विकास गर्न आफनो उमेदवारी घोषणा हु’, घलानले भनिन् ।

आफूसँग एमालेको विभिन्न भात्रि संगठनहरु अनेरास्वसवयु, युवा संघ, चलचित्रकर्मी मञ्च अनेमसंघ हुँदै दुईकार्यकाल पार्टीको जिल्ला सदस्य रहेको तथा मकवानपुर गढीको राजनीतिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य कार्यगरेको अनुभवका आधारमा आफूले गाउँपालिकाको अध्यक्ष पदमा दावी गरेको उनले बताइन् ।