२०८१ बैशाख १३, बिहीबार    

क्याम्पाडाँडामा बृक्षरोपण

२०७९ माघ १६, सोमबार १९:३५ बजे

सुन्दर र आकर्षक शहर निर्माण अभियानमा रहेकी हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले हेटौंडाको क्याम्पाडाँडामा बृक्षरोपण गरेकी छन् ।

हरित नगरीको रुपमा देशमा चर्चामा रहने गरेको हेटौंडालाई सुन्दर र व्यवस्थित शहरको रुपमा बिकास गर्ने लक्ष्य राखेकी नगरप्रमुख लामाले कान्तिलोकपथ अन्तर्गत् हेटौंडा– चौंघडा खण्डको क्याम्पडाँडामा बृक्षारोपण गरेकी हुन् ।

हेटौंडा–५ र ७ को सिमा क्षेत्रमा पर्ने क्याम्पडाँडामा निर्माण भएको सडकले चर्चेर छोडेको जमिनको दक्षिण भागमा झाडी तथा फोहोर अधिक रहेकाले त्यसलाई सफा गरी बृक्षारोपण गरिएको हो । सडक किनारमा हेर्दा आकर्षक देखिने धुपी तथा गोलमोहर फूलको बिरुवा रोपिएको छ ।

नगरलाई सुन्दर बनाउन हरेक महिना बृक्षारोपण अभियान र हरेका साता ‘सफा हेटौंडा अभियान’ उपमहानगरले सञ्चालन गरिरहेको छ । हेटौंडा उपमहानगरपालिकाका फोहरमैला तथा व्यवस्थापन शाखाका केशब देवकोटाका अनुसार हरेक महिना फरक÷फरक ठाउँमा बृक्षरोपणको अभियान पनि सञ्चालन गरेको बताए ।

बृक्षरोपणमा हेटौंडा ५ का अध्यक्ष सुशील घिमिरे, हेटौंडा–७ का अध्यक्ष दामोदर गौतम, नगरसभा सदस्य सन्तुमाया पाख्रिन, ज्ञानबहादुर थापा, रञ्जीता सिलवाललगायत स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।