२०८१ बैशाख ८, शनिबार    

प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाले लिए शपथ

२०७९ पौष १३, बुधबार १६:४४ बजे

वाग्मती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले सांसद पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

हेटौंडा–१० स्थित प्रदेश प्रमुखको कार्यालयमा माओवादीका सांसद ढुंगानाले ज्येष्ठ सदस्यको रूपमा शपथ लिएका हुन् ।

वाग्मती प्रदेशसभाका ११० सांसदमध्ये उनी सबैभन्दा बढी उमेर ७२ वर्षका सदस्य हुन्।

उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका थिए । उनले बाँकी सांसदलाई बिहीबार शपथग्रहण गराएर आगामी संसद अधिवेशनको सुरु गराउने छन्।