२०८१ बैशाख ८, शनिबार    

भ्रष्टाचारविरुद्ध मेरो अभियान जारी रहन्छ :  सन्तोष न्यौपाने

२०७९ भाद्र १, बुधबार १६:५२ बजे

राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा उपमहानगरपालिका संयोजक सन्तोष न्यौपानेले भ्रष्टाचारविरुद्ध आफ्नो अभियान जारी रहने बताएका छन् ।

यसअघि माओवादी केन्द्रमा रहँदा आफूले भ्रष्टाचारको विरुद्धमा सामाजिक सञ्जालदेखि सवैतिर अभियान सञ्चालन गरेको र आगामी दिनमा पनि कायम रहने बताए । ‘आगामी दिनमा पनि यसै पार्टीमा रहेर विधान अनुसार भ्रष्टाचार, वेथिति र विसंगतिविरुद्ध मेरो अभियान जारी रहन्छ ।’, उनले नगर क्षेत्रमा संगठन विस्तार गर्न आफूले सुरु गरिसकेको बताए ।

‘अब पार्टीको वडादेखि नै विभिन्न समितिहरु निर्माण गर्नेछौं । त्यसपछि नगर सम्मेलनबाट नयाँ कार्यसमिति चयन हुनेछ ।’, न्यौपानेले पार्टीको पारदर्शिताको व्यवस्थाले आफूलाई राजनीतिमा लाग्न थप सहयोग पुगेको बताए । ‘अन्य पार्टीमा जस्तो यहाँ टिके व्यवस्था छैन । जसको कारणले गर्दा मैले यस पार्टीलाई रोजेको हुँ ।’, उनले थपे ।