२०८० चैत्र १५, बिहीबार    

कोदालोको बिडले हान्दा थाहामा ८९ वर्षीय वृद्धाको मृत्यु

२०७९ मंसिर ९, शुक्रबार १७:१६ बजे

मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँमा बिहीबार झगडाको क्रममा कोदालोको बिडले हान्दा एकजना ८९ वर्षीय वृद्धाको मृत्यु भएको छ ।

गैरीगाउँ बस्ने ३५ वर्षीय टाइसन गोले र सोही स्थानका ८९ वर्षीय आईत सिङ स्याङ्तान बिच एक आपसमा भनाभन भई झगडा भएको थियो । झगडाको क्रममा टाइसन गोलेले कोदालोको बिडले आइतसिंह स्याङ्तानको टाउकोमा हानी गम्भीर घाइते बनाएका थिए ।

स्याङ्तानलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं लगिएकोमा उनको मृत्यु भएको थियो । कुटपिट गर्ने टाइसन गोलेलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।