२०८१ बैशाख ७, शुक्रबार    

रवि लामिछानेको उम्मेदवारी कायमै रहने

२०७९ चैत्र २२, बुधबार १६:३४ बजे

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लनमिछाने विरूद्ध दर्ता भएकाे उजुरीमा दावि नपुग्ने भन्दै निर्वाचन कार्यालयले उनकाे उम्मेद्वारी कायम रहने निर्णय गरेकाे छ ।

मंगलबार रवि लामिछाने उम्मेद्वार हुन याेग्य नभएकाे भन्दै राष्ट्रिय जनमाेर्चाका उम्मेद्वारका प्रतिनिधि डम्बर पुरीसिहत तीनजनाले दावि विराेधकाे उजुरी दिएका थिए ।

"कागजपत्र र अन्य प्रवधान हेर्दा उम्मेद्वारी बदर गर्नु पर्ने अर्थात उम्मेद्वार हुन अयाेग्य हुने आधार अवस्था भेटिएन । उहाँकाे उम्मेद्वारी कायम राख्ने निर्यय भएकाे छ" चितवन-२ काे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले भने ।

विदेशी नागरिकता त्यागेकाे ९० दिनपछि मात्रै चुनावमा उठ्न पाउने संवैधानिक आधार छ भन्दै लामिछमने विरूद्ध उजुरी दर्ता भएकाे थियाे । उम्मेद्वार वा उम्मेद्वारका प्रतिनिधिले गरेकाे उजुरीमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले बुधबारभित्रै निर्णय दिनु पर्दथ्याे ।

रविका विरूद्ध सर्वसाधरण काठमाडाैंका युवराज पाैडेलले पनि ई-मेल मार्फत उजुरी दिएका छन् । त्यस्ताे उजुरी सम्वन्धित उम्मेद्वारसँग स्पस्टिकरण लिएर निर्णयका लागि कागजपत्र निर्वाचन आयाेग पठाउने आचार्यले बताए ।

बुधबार नै कार्यालयले लामिछानेलाई स्पष्टिकरण साेधेकाे छ । सात दिनभित्र स्पय्टिकरण बुझाउनु पर्ने हुन्छ । वैशाख १० मा उपनर्विाचन हुँदैछ ।