२०८१ बैशाख १६, आईतबार    

प्रहरीद्वारा गाँजासहित ६ जना पक्राउ

२०८० असार १९, मंगलबार १८:११ बजे

मकवानपुर प्रहरीले अबैध लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।

मकवानपुर प्रहरीले ४७ किलो अबैध लागूऔषध गाँजासहित उनीहरुलाई हेटौंडा–१५ स्थित प्रहरीको रातोमाटे चेकपोष्टबाट नियन्त्रणमा लिएको हो ।

चितवनबाट बीरगञ्जतर्फ जाँदै गरेको वाग्मती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कार र प्र २–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकललाई शंका लागि प्रहरीले चेकजाँच गर्दा ४७ किलो अबैध लागूऔषध गाँजा फेला परेको मकवापुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कारमा सवार पर्सा जिल्ला बीरगंज महानगरपालिका–१४ का ४२ वर्षीय कन्हैयालाल महतो, २६ वर्षीय बिनोद मण्डल, बीरगंज–१८ का २० वर्षीया दुसमेना खातुन र २१ वर्षीया पुजाकुमारी मण्डल र मोटरसाइकलमा सवार पर्सा जिल्लाको पटेरवा सुगौली गाउँपालिका–४ का २५ वर्षीय विनय चौधरी र पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१४ का ३९ वर्षीय बिनोद पासवान रहेको प्रहरीले जनाकारी दिएको छ ।