२०८१ बैशाख ८, शनिबार    

भीमफेदी दुर्घटनामा मृत्यु हुनेको सनाखत, एकजना नेपाली सेना

२०७९ आश्विन ६, बिहीबार २३:१५ बजे

मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा भएको यात्रुबाहक मिनि बस दुर्घटना मृत्यु हुनेमध्ये दुईजनाको सनाखत भएको छ ।

दुर्घटनामा सात जनाको मृत्यु र २६ जना घाइते भएका थिए । दुर्घटनामा नुवाकोटका ३५ वर्षीय रघुराज न्यौपाने, बारा झिटकैया –४ का ३३ वर्षीय अन्दुलाहा मियाा ठकुराईको सनाखत भएको छ । अन्य ५ जनाको सनाखत हुन बाँकी रहेको र मृतक सवैको शब हेटौंडा अस्पतालमा रहेको छ । मृत्यु भएका न्यौपाने नेपाली सेनामा कार्यरत रहेको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौंडा अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि भरतपुर रिफर गरिएको छ । घाइते २३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ३३ जना सवार रहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट हेटौंडा आउँदै गरेको बा।३ ख ७८५८ नम्बरको बस जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । घुम्तिमा मोड्ने क्रममा ब्रेक नलागेर करिब ५० मिटर तलको मोडमा बस खसेको थियो ।