२०८१ बैशाख ८, शनिबार    

वाग्मतीमा चाडपर्व लक्षित सुरक्षा, बसपार्कमा २४ सैं घण्टा प्रहरी

२०७९ आश्विन ६, बिहीबार १०:१७ बजे

वाग्मती प्रदेश प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना विहीबारबाट लागू गरेको छ ।

वाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले चाडपर्वको समयमा हुने अपराधीक गतिविधिहरुलाई न्यूनीकरण एवम् नियन्त्रण गरी नागरिकले सुरक्षित रुपमा चाडपर्व मनाउने बातावरण तयार गर्ने अभिप्रायले विशेष सुरक्षा योजना तयार गरी लागू गरेको बताइन् ।
प्रदेशअन्तर्गतका १० वटा जिल्लाहरुमा प्रभावकारी सुरक्षा व्यवस्थापनका निमित्त अन्तराष्ट्रिय एवम् प्रदेश प्रवेश गर्ने सीमा नाकामा तालिम प्राप्त प्रहरी कुकुरसहित नियमित तथा सरप्राईज चेकजाँचको व्यवस्था मिलाइएको छ ।

प्रहरीले बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरी २४ सैं घण्टा प्रहरी परिचालन गर्ने, सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित राजमार्ग गस्ति परिचालन गर्ने, सवारी साधनहरुका गति नियन्त्रणका लागि राडरगन सहितको विशेष ट्राफिक चेकिङ गर्ने, प्रमुख राजमार्गहरुमा रात्रीकालिन वेश स्थापना गर्ने भएको छ ।

‘नियमित गस्ती परिचालन गर्ने, पिकेट डिउटीमा थप परिचालन गर्ने, प्रमुख धार्मिक स्थल, वैंकिङ तथा वित्तिय संस्थामा प्रहरी परिचालन गर्ने, जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा कालो बजारी तथा कृतिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाएका छौं ।’, उनले झैझगडा तथा जुवातास एवम् घरेलु मदिरा नियन्त्रण गर्ने, लागूपदार्थ तथा मादक पदार्थ सेवनको परीक्षण व्यवस्था मिलाइएको बताइन् ।