२०८१ जेठ ८, मंगलबार    

राष्ट्रवादी युवाद्वारा हेटौंडामा प्रदर्शन

२०७८ माघ २१, शुक्रबार १७:०४ बजे

हेटौंडा/ अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सांसदबाट पारित गर्ने नहुनेभन्दै हेटौंडामा दिनहुँ प्रदर्शन हुन थालेको छ ।

सरकारले सदनबाट एमसीसी परियोजना पारित गर्ने तयारी गरेसँगै हेटौंडामा सत्तारुढ र विपक्षी दुवै दलका भ्रातृ संगठनले विरोधस्वरुप प्रर्दशन गरिरहेका छन् । सोही क्रममा शुक्रबार दिउँसो हेटौंडमा राष्ट्रवादी तथा वीर गोरर्खाली नामक युवाहरुको समूहले वर्तमान सरकारले गरेको पेट्रोलिय पदार्थको मूल्य वृद्धि र संसदबाट पास गर्न लागिएको एमसीसी परियोजनाको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले हेटौंडामा मोटरसाइकल र्‍याली निकाल्दै नारबाजी गरी बजार समेत परिक्रमा गरेका थिए । युवाहरुले हेटौंडाको सीमा चोकमा सरकार विरुद्ध चर्कोस्वरमा नाराबाजी गरेका थिए ।