२०८१ बैशाख ७, शुक्रबार    

हेटौंडा–२ मा कांग्रेसले दियो दुईजनालाई टिकट

२०७९ बैशाख १२, सोमबार १०:४३ बजे

स्थानीय तहको निर्वाचनअन्तर्गत् मनोनयन दर्ता गर्नका लागि हेटौंडा–२ अध्यक्षमा नेपाली कांग्रेसले दुईजनालाई टिकट दिएपछि विवाद बढेको छ ।

कांग्रेस वाग्मती प्रदेश महामन्त्री कञ्चनचन्द्र वादेको हस्ताक्षर भएको टिकट रविन्द्र घिमिरे र विष्णुगोपाल महर्जनले पाएपछि विवाद बढेको हो । विष्णुगोपाल महर्जनले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराइसकेका छन् भने रविन्द्र घिमिरे उम्मेदवारी दिन जाने तयारीमा छन् ।

स्रोतका अनुसार घिमिरेलाई कांग्रेस जिल्ला सभापति बुद्ध लामा र महर्जनलाई कांग्रेस क्षेत्रीय सभापति दामोदर खनालले टिकट उपलब्ध गराएका हुन् ।