२०८० चैत्र १५, बिहीबार    

प्रभातकुमार दाहालद्वारा जर्सी हस्तान्तरण

२०७८ चैत्र १६, बुधबार ०८:५७ बजे

हेटौंडा–१०,कर्रामा अवस्थित गोर्खा व्वाइज क्लबलाई नेपाली कांग्रेसका युवा नेता प्रभातकुमार दाहालले खेल सामग्री सहयोग गरेका छन् ।

जिल्लामा जारी विभिन्न प्रतियोगितामा सहभागी जनाइरहेको क्लबलाई आवश्यक खेल सामग्री बुधबार विहान हेटौंडा–४ स्थित हुप्रचौरमा हस्तान्तरण गरिएको हो । खेल सामग्री हस्तान्तरण गर्दै दाहालले आगामी दिनमा पनि खेलक्षेत्र र खेलाडीका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । उनले क्बलका कप्तान सशील देउललाई खेल सामग्री हस्तान्तरण गरेका थिए ।

खेल सामग्री हस्तान्तरण कार्यक्रममा क्लब अध्यक्ष अस्मिर गुरुङ, सल्लाहकार युवराज लामा तथा क्लबका खेलाडी तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । पछिल्लो समय मकवानपुरे खेलक्षेत्रमा यस क्बलले आफ्नो सकारात्मक छाप छाड्न सफल भएको छ ।