२०८१ बैशाख ७, शुक्रबार    

एमालेको विरासत भत्काएपछि हेटौंडमा दैनिक र्‍याली

२०७९ जेठ ८, आईतबार १७:१७ बजे

नेकपा एमालेले ३० वर्षपछि हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गुमाएको छ। २०४९ सालदेखि हेटौंडाको मेयर र उपमेयर जित्दै आएको एमालेले २०७९ को निर्वाचनबाट भने दुबै पद गुमाएको हो ।

एमालेको विरासत भत्काएपछि गठबन्धन दलले हेटौंडमा दैनिकरुपमा आम मतदातालाई धन्यवाद ज्ञापन गर्दै टोलटोलमा विजयी जुलुस निक्लिरहेकोछ । कार्यतालिका नै बनाएर मेयर र उपमेयर जनताको घरदैलोमा रहेका छन् । 

एमालेका उम्मेदवार अनन्त पौडेललाई दुई हजार १६७ मतले पछि पार्दै गठबन्धन दल एकीकृत समाजवादीकी लामा मेयरमा निर्वाचित भएकी हुन् । लामाले २३ हजार ७५ मत ल्याउँदा निकतम प्रतिस्पर्धी एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९०८ मत प्राप्त गरे ।  राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरे ।

उपमेयरमा कांग्रेसका राजेश बानियाँ ३२ हजार ५९३ मतसहित विजयी भए। एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ र राप्रपाकी इन्दिरा न्यौपानले पाँच हजार ४८३ मत पाइन् ।

मकवानपुरको दश स्थानीय तहमध्ये कांग्रेसले पाँच पालिका प्रमुख र चार पालिका उपप्रमुख, एमालेले दुई पालिका प्रमुख र एक उपप्रमुख जितेको छ। माओवादी केन्द्रले दुई पालिका प्रमुख र पाँच पालिका उपप्रमुख र एकीकृत समाजवादीले एक पालिका प्रमुख जितेको छ ।