२०८१ जेठ ८, मंगलबार    

मकवानपुरमा बढ्दै घरेलु हिंसा

२०७८ माघ १९, बुधबार ११:३३ बजे

हेटौंडा/ मकवानपुर जिल्लामा पछिल्लो समय घरेलु हिंसाको घटनामा अत्याधिक वृद्धि भइरहेको छ ।

अघिल्लो आर्थिक वर्षमा २ सय ७६ वटा घरेलु हिंसा सम्बन्धि उजुरी परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा यसवर्षको पहिलो ६ महिनामै सोही हाराहारीमा उजुरी दर्ता भइसकेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्ममा २ सय २२ वटा घरेलु हिंसाका उजुरी दर्ता भएको प्रहरी निरीक्षक तथा महिला सेल प्रमुख चुडाकुमारी खड्काले बताइन् । उनका अनुसार जबरजस्ती करणीका उजुरी धेरै आउन थालेको छ ।

अघिल्लो वर्ष ५८ वटा उजुरी परेकोमा यो वर्ष ६ महिनामा २३ वटा उजुरी परेको छ । जबरजस्ती करणी उद्योगमा अघिल्लो वर्ष जम्मा ५ वटा उजुरी परेकोमा यसवर्षको ६ महिनामै ४ वटा उजुरी प्रहरीमा दर्ता भइसकेको छ । मानव वेचविखनको उजुरी १ वटा यसवर्ष दर्ता भएका छन् । अघिल्लो वर्ष यस शीर्षकमा कुनै पनि उजुरी परेको थिएन । अघिल्लो वर्ष बहुविवाह सम्बन्धी उजुरी परेकोमा यसवर्ष ४ वटा दर्ता भएको छ ।

‘बाल यौन दुव्र्यवहारका उजुरी पनि बढिरहेको छ ।’, खड्काका अनुसार यसवर्ष ३ वटा बाल यौन दुव्र्यवहारको उजुरी दर्ता भइसकेको छ । अघिल्लो वर्ष ६ वटा दर्ता भएको थियो । यस वर्ष हालसम्म बोक्सीको आरोपमा कुनै मुद्धा परेको छैन । अघिल्लो वर्ष एउटा मुद्धा दर्ता भएको थियो ।